Radio Unity 92.2MHz

केन्द्रीय सदस्य लक्ष्मण सिंहले छाडे जसपा, माओवादीमा प्रवेश

डडेल्धुरा: डडेल्धुराबाट जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय सदस्य रहेका लक्ष्मण सिंह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

शनिबार नेकपा माओवादी केन्द्रको प्रदेश कार्यालय धनगढीमा प्रदेश इन्चार्ज खगराज भट्ट र राष्ट्रिय सभा सदस्य जगत पार्कीले उनलाई पार्टी प्रवेश गराएका हुन्।

पार्टी प्रवेशपछि सिंहले आफूसँग रहेको सिंगो टिम नै माओवादीमा प्रवेश गर्ने बताए।

‘म सँग रहेका ५० जनाको टिम जिल्ला गएपछि पार्टीमा प्रवेश गर्छन्। पछि जिल्लाका करिब ७ सय कार्यकर्ता पनि माओवादीमा आउँछन्’ उनले भने।

लक्ष्मण सिंहलाई कुनै जिम्मेवारी दिने छलफल भइरहेको नेकपा माओवादी केन्द्र डडेल्धुराका अध्यक्ष मान सिंह मालले बताए।

सिंह जसपाअगाडि नेपाली कांग्रेसबाट सक्रिय राजनीति गर्दै आएका थिए। सिंह डडेल्धुरा अस्पताल डडेल्धुराका पूर्व अध्यक्ष समेत हुन्।

सम्बन्धित पाेष्टहरु
Loading...