Radio Unity 92.2MHz

वियोगबाट उठेका चेतन, जो रातारात बने करोडपति

डडेल्धुराः आईपीएल २०२२ को लिलामीमा दिल्ली क्यापिटल्सले आफ्नो टोलीमा यस्तो घातक बलर किनेको छ, जसले गत वर्ष आफ्ना बुवा र भाइ दुवै गुमाए।

भनिन्छ समय भन्दा बलियो कोहि हुदैन। आईपीएल २०२२ को लिलामीमा यी खेलाडीको भाग्य बदलियो। दिल्ली क्यापिटल्सले यी खेलाडीलाई आईपीएल २०२२ को मेगा लिलामीमा ४.२ करोडमा किनेको थियो।

भाइले आत्महत्या गरेपछि बाबुको मृत्यु
गत वर्ष आईपीएलको लिलामी हुनु केही दिनअघि चेतन साकारियाका भाइ राहुल साकारियाले आत्महत्या गरेका थिए।

आईपीएल २०२१ को समयमा चेतनका बुवाको मे महिनामा कोरोना भाइरसको कारण मृत्यु भएको थियो। चेतन त्यतिबेला राजस्थान रोयल्सबाट खेल्थे।

राजस्थान रोयल्सले पनि चेतन बुवाको उपचारमा आर्थिक सहयोग गरेको थियो तर उनी बाँच्न सकेनन्। सुरुका दिनमा उनको परिवारको सम्पूर्ण जिम्मेवारी उनको काँधमा परेको थियो। त्यसपछि पनि चेतनले क्रिकेट खेल्न छोडेनन्।

चेतनसँग तालिमका लागि जुत्तासमेत थिएन। चेतनले घरपरिवार चलाउन सानातिना काम गर्थे तर क्रिकेटका कारण ठूलो काम गर्न सकेनन्।

चेतनले आईपीएल २०२१ मा १४ विकेट लिएका थिए। यस क्रममा उनले महेन्द्र सिंह धोनी, सुरेश रैना, केएल राहुल, नितिश राना जस्ता महान खेलाडीहरूलाई आउट गरेका थिए।

सम्बन्धित पाेष्टहरु
Loading...