Radio Unity 92.2MHz

भण्डारीले दिएको अभिव्यक्तिप्रति पत्रकार महासंघको ध्यानाकर्षण

७ दिनभित्र हिसाब बुझाउन आग्रह

डडेल्धुराः नेकपा एमाले डडेल्धुरा जिल्ला कमिटी सदस्य तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य नवराज भण्डारीले सार्वजनिक रूपमा अभिव्यक्त गरेका शब्दहरूप्रति नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले निन्द गरेको छ।

नेपाली पत्रकारहरूको छाता संठगन नेपाल पत्रकार महासंघ माथी संस्थागत आँच आउने गरी भण्डारीले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मंगलबार सचिव पुष्कर भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भण्डारीले अभिव्यक्त गरेका लान्छाना र आरोपहरू पुष्टि गर्न चेतावनीसमेत दिएको हो।

विज्ञप्तिमा लेखिएको छ, ‘आमनागरिकलाई देशको जुनसुकै क्षेत्रमा गएर आफ्नो पेशा व्यवसाय गर्न पाउने संवैधानिक अधिकार रहेपनि निज भण्डारीले व्यक्तिगत इर्ष्र्या र कुण्ठा पोख्दै साम्प्रदायिक भावना भड्काउने र विखण्डनकारी भावना फैलाउने गरी अनर्गल रूपमा प्रयोग गरेका अभिव्यक्तिहरू सार्वजनिक रूपमा फिर्ता लिन आग्रह गर्दछौँ। साथै अभिव्यक्त गरिएका लान्छाना र आरोपहरू पुष्टि गर्न चेतावनीसमेत दिन चाहान्छौं।’

जिल्ला शाखाको भवन निर्माणको सन्दर्भ भण्डारीले स्वयंम् आव २०७६/०७७ मा निर्माण समिति संयोजक रहेको बेला संवद्ध निकायबाट रकम भुक्तानी लिएको भएपनि व्यवसायी तथा सप्लायर्सहरूलाई हालसम्म पनि भुक्तानी नगरेको विज्ञप्तिमार्फत् महासंघले जनाएको छ।

पत्रकार महासंघ डडेल्धुरा शाखाले भण्डारीलाई दुई/दुई पटकको साधारण सभामासमेत आफ्नो खर्चको हरहिसाव पेश नगरी जिल्ला छाडेर भाग्ने र पटकपटक आग्रह गर्दा पनि हिसाब नबुझाएकोले तत्काल व्यवसायी तथा सप्लायर्सहरूलाई तिर्नुपर्ने रकम भुक्तानी गरि पत्रकार महासंघ डडेल्धुरा शाखामा ७ दिनभित्र विवरण पेश गर्नसमेत आग्रह गरेको छ।

अन्यथा आर्थिक अपचलन गरेको ठहर गरी महासंघले कारबाही प्रक्रिया अगाडि बढाउनेसमेत महासंघले विज्ञप्तिमार्फत् चेतावनी दिएको छ। साथै, जिल्लास्थित सम्पूर्ण सञ्चार माध्यमहरूलाई साप्रदायिकता भड्काउने विषयवस्तुको प्रकाशन तथा प्रशारणमा संयमता अपनाउन र पत्रकार आचारसंहिताको पूर्णपालना गर्नसमेत महासंघले सचेत गराएको छ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।