Radio Unity 92.2MHz

डडेल्धुरामा एमसीसीविरुद्ध दिनप्रति दिन प्रदर्शन चर्किदै

डडेल्धुरा: अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा डडेल्धुरामा पनि पछिल्ला दिनमा विरोध प्रर्दशन चर्किदै गएको छ ।

शुक्रबार नेपाली काग्रेस विपी लगायतका विद्यार्थी संगठनहरुले संयुक्त प्रदर्शन गरेका छन्। जिल्ला सदरमुकाममा विभिन्न पार्टी निटक संयुक्त एमसीसीविरुद्ध प्रदर्शन हुने थालेका छन् । ‘एमसीसी खारेज गर, खण्डनकारी शक्तिहरू मुर्दावाद, होशियार, देश बेच्न पाइँदैन्’ लगाएतका नारा लगाएर प्रदर्शन गरेका थिए।

जिल्ला सदरमुकामको तुफानडाँडादेखि सुरू भएको प्रदर्शन बसपार्क हुँदै फर्किएर भीमदत्त शालिकको चोक निर कोण सभामा परिणत भएको नेपाली काग्रेस विपीका जिल्ला संयाेजक तिलक हमालले बताए ।

अनेरास्ववियु क्रान्तिकारीले समेत मसाल जुलुस संगै टायर बालेर बिरोध प्रदर्शन अखिल क्रान्तिकारी जिल्ला उपाध्यक्ष तारादत्त भट्टले बताए । आईतबार एकीकृत समाजवादी डडेल्धुराले विरुध प्रदर्शन गरिएको थियो ।

सम्बन्धित पाेष्टहरु
Loading...