Radio Unity 92.2MHz

कम्प्युटर ल्याब फर्निचर हस्तान्तरण

डडेल्धुराः घटाल माध्यामिक विद्यालय नुवाकोटलाई कम्प्युटर ल्याब फर्निचर हस्तान्तरण गरिएको छ।

मंगलबार ब्रहमकेदार सामुदायिक वन उपभोक्ता समूह अमरगढी नगरपालिका–३ कोटेउडा डडेल्धुराले एक कार्यक्रमकाबीच विद्यालयलाई कम्प्युटर ल्याब फर्निचर हस्तान्तरण गरेका हुन्।

ब्रहमकेदार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पदमराज पाण्डेयले विद्यालयलाई कम्प्युटर ल्याब फर्निचर सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे।

उनले जहेन्दार, गरिव विद्यार्थीको पढाईमा सहयोग पु¥याउन ५० हजारको अक्षय कोष स्थापना गर्ने समेत बताए।

बेन्चमा बसेर कम्प्युटर सिक्नु पर्ने अवस्था रहेकोमा ब्रहमकेदार सामुदायिक वन उपभोक्ता समूहले कम्प्युटर ल्याब फर्निचर हस्तान्तरण गरेपछि त्यो समस्या हटेको विद्यालयका प्रधानाध्यापक गणेशबहादुर साउदले बताए।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।