Radio Unity 92.2MHz

‘लक्ष्ययात्रा’ पुस्तक विमोचन

डडेल्धुरा: राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संघ नेपालको ‘लक्ष्ययात्रा’ पुस्तक विमोचन गरिएको छ।

शनिबार एक कार्यक्रमकाबीच जिल्ला सदरमुकामको अमरगढी पार्कमा राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संघ नेपालका कार्यबाहक अध्यक्ष रामप्रसाद जोशीले पुस्तक विमोचन गरिएको हो।

पुुस्तकमा राष्ट्रिय बाणिज्य बैंकका सम्पूर्ण कर्मचारीको लेख रचनालाई समेटिएको राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम संयोजक राजेन्द्र बिष्टले बताए।

‘पुस्तक पढेर लोकसेवा अध्ययनरत विद्यार्थीलाई पनि सहज हुनेछ। पुस्तक भित्र बैंक कर्मचारीका आलेख, लेख तथा रचनाहरूले पनि स्थान पाएका छन्,’ उनले भने।

सम्बन्धित पाेष्टहरु
Loading...