डडेल्धुराः स्वतन्त्र युवा एकता समाज डडेल्धुराले आयोजना र नेपाल रेडक्रस सोसाइटी डडेल्धुरा शाखाको सहयाेगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
शनिबार नेपाल रेडक्रस सोसाइटी डडेल्धुरा शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो।
रक्तदान कार्यक्रममा ९ पुरुष र ३ महिला गरि १२ जनाले रक्तदान गरे।
डडेल्धुराका विभिन्न अस्पतालहरुमा फ्रेस ब्लडको अभाव रहेको समस्यालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको स्वतन्त्र युवा एकता समाजका उपाध्यक्ष चेतराज ओझाले बताए।
उनले एक थोपा रगतको कारण पनि मृत्यु शैय्यामा पुगेको मानिसको जीनव बाच्न सक्ने भन्दै रक्तदान जस्तो पवित्र कार्यमा सहभागी हुनेलाई धन्यवाद दिए।