Radio Unity 92.2MHz

क्याम्ब्रिज पब्लिक स्कूलमा वृक्षारोपण

डडेल्धुराः डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका–५ खलंगास्थित क्याम्ब्रिज पब्लिक स्कूलमा वृक्षारोपण गरिएको छ।

अन्तर्राष्ट्रिय महिला दिवसमा विद्यालयको प्रङ्गणमा शिक्षकहरूको अगुवाईमा कक्षा ८ र ९ का छात्र छात्राहरूको सहयोगमा ३५ बोट दालचिनी र ३५ बोट राईसल्ला गरी जम्मा ७० बोट वृक्षारोपण गरिएको हो।

दालचिनी र राईसल्ला बोट कैलालीको टीकापुर नगरपालिका–४ अस्नेहरी स्थायी घर भई अमरगढी–५ खलंगा स्थित क्याम्ब्रिजमा कक्षा २ मा अध्ययनरत ७ वर्षीय छात्र स्वहम् श्रेष्ठले सहयोग गरेका हुन्।

विश्वमा तीव्र रूपमा जलवायुमा भइरहेको परिवर्तनका कारण मानव समुदाय र सम्पूर्ण प्राणीहरूको अस्थित्व खतरामा रहेको भन्दै सो परिवर्तनलाई न्यूनिकरण गर्ने बाल मनोविज्ञान प्रस्फुटन भएको हुँदा सम्पूर्ण प्राणी जगतको रक्षाका लागि वक्षारोपणको सुभारम्भ गरिएको छात्र श्रेष्ठक अविभावकको भनाइ छ।

जलवायुमा भइरहेको परिवर्तनलाई न्यूनिकरण गर्ने र सम्पूर्ण प्राणी जगतको रक्षा गर्ने उदेश्य लागि विभिन्न स्थानहरूमा दैनिक १० बोट रोप्ने गर्ने श्रेष्ठको लक्ष्य छ।

विद्यालयका प्रिन्सिपल हर्केश साँकीले वृक्षारोपणले कृषकको आवश्यकता पूर्तिसँगै वातावरण सन्तुलन कायम गर्ने गरेको र हजारौं वर्षदेखि वृक्षारोपण कार्यले वातावरण सन्तुलन, खाद्यान्न आपूर्ति, दैनिक जीविकोपार्जनलगायतका मानिसका विभिन्न आयश्कताहरू पूरा गर्दै आएको र धार्मिक महत्वका लागि समेत विभिन्न स्थानहरूमा वृक्षारोण गरिँदै आएको बताए।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गुणाकर चतौटले वृक्षारोपणको कार्यले मानव जीवनलाई मात्र सहज नपुर्‍याई सम्पूर्ण जैविक विविधता संरक्षणलाईसमेत टेवा पुर्‍याएको, वृक्ष चराचुरुङ्गीदेखि लिएर जंगली जनावरसमेतको वासस्थान रहेको र यही वृक्षमा लडीबुडी खेल्दै अनेकौं प्राणीले जीवन धानेको बताए।

सम्बन्धित पाेष्टहरु
Loading...