डडेल्धुराः सुदूपश्चिमका पत्रकार महिलाहरूको क्षमता विकासका लागि प्रदेशस्तरीय भेला डडेल्धुरा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा मंगलबारदेखि सुरु भएको दुई दिने भेला १० बुँदे डडेल्धुरा घोषणापत्र जारी गर्दै बुधबार सकिएको हो।
भेलाले पत्रकार महिलाको भौतिक तथा पेशागत सुरक्षा, नियमानुसारको पारिश्रमिक उपलब्धता र पेशागत स्थायित्वका लागि सम्वद्ध सबै पक्षसँग जोडदार माग गरेको छ।
सुदूरपश्चिम क्षेत्रका पत्रकार महिलाको दक्षता अभिवृद्धिको लागि आवश्यकता अनुरूप विषयगत तालिम कार्यक्रमहरुसञ्चालन गर्नुपर्ने, सम्पूर्ण संचार गृह समक्ष पत्रकार नियुक्ति र पदोन्नतिमा समावेशी नीति अपनाउनुपर्ने, नीतिगत र नेतृत्व तहमा पत्रकार महिलाको सहभागिता सुनिश्चित गर्न सञ्चार सम्वद्ध विभिन्न निकायमा हनुे नियुक्तिमा पत्रकार महिलाको समान सहभागितालाई सुनिश्चित गर्न तीन वटैतहका सरकारसमक्ष मागसमेत भेलाले गरेको छ।
भेलाले आमसञ्चार नीति र श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन गर्नुका साथै सञ्चारसम्बन्धी प्रदेश र स्थानीय कानुनहरू अविलम्व निर्माण गरी लागू गर्नुपर्ने तथा त्यस्ता कानुनमा पत्रकार महिलालाई विशष्ो व्यवस्थाको नीति अवलम्वन गर्न पनि माग गरेको छ।
यसका साथै भेलाले नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, प्रेस काउन्सिलले उपलब्ध गराउँदै आएको पत्रकार उपचार सहायता र सञ्चार उपकरण खरिद रकम उपलब्ध गराउने विद्यमान व्यवस्थामा पुनरावलोकन गरी पत्रकार महिलाहरुलाई विशेष प्राथमिकता प्रदान गर्न विशेष आग्रह गरेको छ।
साथै बीमा व्यवस्था, पत्रकार महिलाका लागि फेलोसिपका कार्यक्रम, अध्ययन छात्रवृतिमा प्राथमिकता प्रदान गर्नुपर्ने र महिलामाथि हनुे सबै प्रकारका हिंसाका घटनाहरूको कानुनसम्मत तवरले सशक्त प्रतिरोध गर्न भेलाले सबैमा आह्वान गरेको छ।
दुई दिनसम्म चलेको भेलामा पत्रकार महिलाहरूले आफूहरूले भोग्नुपरेका कठिनाइहरूबारे चर्चा गरेका थिए। कार्यक्रममा सहभागी अधिकांश पत्रकार महिलाहरूले पेशागत र भौतिक असुरक्षा रहेको बताएका थिए।
भेलाको समापनमा महासंघका केन्द्रीय महासचिव रोशन पुरीले महिला पत्रकारका समस्याबारे केन्द्रीय समितिमा छलफल गरेर समाधानको लागि पहल पर्ने आश्वासन दिए। उनले स्थानीय तहको आसन्न निर्वाचनलाई लक्षित गरी सबै बुथ केन्द्रमा पत्रकारको सहज पहुँच, निर्वाचनमा हुने विकृती, बिसंगती, पत्रकारहरुका तर्फबाट हुने कमी कमजोरीलाई हटाउन निर्वाचन आयोगसंग पहल भइरहेकोसमेत जानकारी दिए।
सुदूरपश्चिम प्रदेश महासंघले यसलाई ‘ऐतिहासिक भेला’ भनेको छ। पहिलोपटक यति धेरै महिला पत्रकारहरू एक ठाउँमा जम्मा भएर आफ्ना समस्या र चुनौतीहरू राखेको प्रदेश समिति अध्यक्ष योगेश रावलले बताए। उनले यहाँका महिला पत्रकारहरूका समस्या समाधानमा आफू लागिपरेको बताए। उनले आगामी दिनमा पनि यहाँ पत्रकारहरूको लेखनमा सुधार ल्याउने खालका कार्यक्रमहरू संचालन गरिने जनाए।
भेलाको उद्घाटन सुदूरपश्चिमकी आन्तरिक तथा कानुनमन्त्री पूर्णा जोशीले गरेकी थिइन्। आन्तरिक मामिला तथा कानून मन्त्रालय सुदूरपश्चिम र ओरेक नेपालसँगको सहकार्यमा महासंघले आयोजना गरेको भेलामा सुदूरपश्चिमका नौं वटै जिल्लाका सय बढी महिला पत्रकारहरूको सहभागिता रहेको थियो।
१० बुँदे घोषणापत्र :
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”24617″ /]