घटाल थानमा मूर्ती चढाउन रोक लगाएको भन्दै समाजसेवी मल्लले पोखे दुखेसो
सात वर्षमा ४० लाख सामाजिक क्षेत्रमा खर्च
डडेल्धुराः सुदूरपश्चिमको धार्मिक शक्तिपीठ घटाल थानमा मूर्ती चढाउन रोक लगाएकोमा समाजसेवी प्रकाश ‘विनय’ मल्लले दुखेसो पोखेका छन्।
आइतबार प्रेस चौतारी डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेनलमा उनले भगवानको आस्थाले घटाल मन्दिरमा मूर्ती चढाउन मूर्ती तयार पारिए पनि केही व्यक्तिहरूले चढाउन नपाउने भनि धम्काएको बताएका हुन्।
मूर्ती चढाउन कसले रोक लगाएको भन्ने उनले खुलाएनन्। तर, घटाल क्षेत्र विकास समाजका केही व्यक्तिले घटाल थानमा निर्माण भएको गेटमा आर्थिक अभावले मूर्ति राख्न नसक्ने भन्दै विनयसँग सहयोग मागेका थिए।
अमरगढी नगरपालिकाले अहिले घटाल क्षेत्रको पर्यटन पूर्वाधार निर्माण गरिरहेको छ। गेटको डिजाइन नै त्यस्तै भएकोले गेटमा मूर्ति राख्न नदिने भन्दै अमरगढीका केही जनप्रतिनिधिले उनलाई मूर्ति राख्न नदिएको बताइन्छ।
४० लाख रूपैयाँ सामाजिक क्षेत्रमा खर्च
मल्लले सात वर्षको अविधीमा ४० लाख रूपैयाँ खर्च गरेको बताएका हुन्। अमरगढी नगरपालिका–४ खलंगा घर भएका ‘विनय’ १० वर्ष अघि विद्यार्थी भिसामा जापान गएका थिए।
जापानमा व्यवसाय गरी मुनाफाको केही प्रतिशत रकम जिल्लाबासीका लागि खर्च गरिरहेको उनी बताउँछन्। उनी विद्यालयमा अक्षयकोष स्थापना एवं गरिब निमुखा नागरिकहरूलाई खाद्यान्नलगायत आवश्यक सामाग्री उपलब्ध गराई सहयोग गर्दै आएका छन्।
उनले अमरगढी नगरपालिका भित्रका अधिकांश आधारभुत विद्यालयहरूमा ५५ हजार रुपैयाँका दरले अक्षयकोष स्थापना गरेका छन्।
‘समाजसेवाका लागि राजनीति गर्न आवश्यक छैन्। समाजको विकासका लागि जनताले अपेक्षा गरे निकट भविष्यमा राजनीतिमा आउन तयार छु,’ उनले भने, ‘अहिलेको राजनीतिमा सेवाको भाव नभई स्वार्थ बढी देखिन्छ।’
उनले डडेल्धुराका ४० जना युवाहरूलाई निःशूल्क रुपमा जापनीज भाषा सिकाई रहेका छन्। छिट्टै डडेल्धुरा वा नेपालमै उत्पादन कम्पनीको स्थापना गरी नाफाको केही रकम समाज सेवामा लगानी गर्ने योजना रहेको उनले सुनाए।
समाजसेवी प्रकाश ‘विनय’ मल्ललाई शनिबार गृहजिल्ला डडेल्धुरामा भव्य स्वागत गरिएको थियो। मोटरसाइकल ¥यालीसहित स्याउँले बजार हुँदै टुँडिखेलसम्म बाजागाजासहित जिल्लावासीले बजार परिक्रमा गराएका थिए।