Radio Unity 92.2MHz

डडेल्धुरामा चैत २५ गतेदेखि टाइफाइड विरुद्धको खोप अभियान शुरु हुँदै

डडेल्धुराः स्वास्थ्य कार्यालय डडेल्धुराले चैत २५ गतेदेखि टाइफाइट विरूद्धको खोप अभियान शुरु गर्ने भएको छ।

कार्यालयले बुधबार जिल्ला सदरमुकाममा जिल्ला खोप समन्वय समिति र सञ्चारकर्मी तथा सरोकारवालासँगको अभिमुखीकरण कार्यक्रममा टाइफाइट रोगविरूद्धको खोप सम्बन्धी अभियान शुरु गर्ने जनाएको हो।

स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टर कन्ट्रोर सुपरभाइजर हरिप्रसाद भट्टले चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म टाइफाइट रोग विरूद्धको खोप अभियान सञ्चालन हुने बताए।

डडेल्धुराका सात वटै स्थानीय तहमा सञ्चालन हुने टाइफाइट रोगविरूद्धको खोप १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरूलाई लगाइने र टाइफाइट रोग डडेल्धुरामा शून्य अवस्थामा पु¥याउने तथा रोगको संक्रमण र यसबाट हुने जटिलतालाई न्यूनिकरण गर्ने लक्ष्य रहेको उनको भनाइ छ।

उनका अनुसार डडेल्धुरामा प्रत्येक बालबालिकाले पूर्ण खोप लगाएको सुनिश्चित गर्ने र गुणस्तरीय खोप सेवाको लागि आपूर्ति व्यवस्था तथा प्रणाली सुदृढ गर्ने उद्देश्य रहको छ। नेपाल टाइफाइड रोग संक्रमणको उच्च जोखिममा रहेको तथा यो रोग सबैभन्दा बढी १५ वर्षमुनिका बालबालिकामा संक्रमण हुने गरेको छ।

टाइफाइट विरूद्धको खोप जिल्लाभरका ४६ हजार ८ सय ८७ जना बालबालिकाहरुलाई उक्त खोप लगाउने योजना रहेको छ। त्यसका लागि जिल्लामा दुई सय ५७ खोप केन्द्र तोकिएका छन्।

टाइफाइट संक्रमण सबै उमेर समूहमा हुने भएता पनि १५ वर्ष मूनिका बालबालिकामा करिब ११ गुणा बढी संक्रमण हुने गरेको छ। संसारमा हरेक वर्ष करिव दुई करोड व्यक्तिहरू टाइफाइटबाट संक्रमित हुने गरेका छन् भने ति मध्ये वार्षीक एकलाख ६१ हजार जनाको मृत्यु हुने गरेको तथ्याङ्क रहेको छ।

अभियानका क्रममा १५ महिनादेखि १५ वर्ष उमेर समूहमा परे पनि यसअघि खोप लगाउँदा गम्भीर समस्या देखिएका वा एलर्जी भएका व्यक्तिहरूले टाइफाइड विरूद्धको खोप नलगाउन स्वास्थ्यकर्मीहरूको सुझाव छ।

सो बाहेक एचआईभी एड्सको लक्षण भएका, खोप लगाउने बेला उच्च ज्वरो आएको वा सिकिस्त भएका विरामीहरू, गर्भवती महिला, स्तनपान गराइ रहेका महिलाले पनि उक्त खोप लगाउन नहुने चिकित्सकहरुको भनाइ छ।

सरकारले पहिलो पटक टाइफाइड खोप अभियान २०७८÷७९ सञ्चालन गरेको हो। खोप अभियान शुरू गरेसँगै सरकारले टाइफाइड विरूद्ध नियमित खोप सेवा समेत प्रवाह गर्ने भएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...