Unity Khabar

डडेल्धुरामा खुल्ला पुरुष फुटबल प्रतियोगिता हुँदै

डडेल्धुराः डडेल्धुरामा जिल्ला स्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ।

नयाँ वर्ष २०७९ को अवसर तथा सुदूरपश्चिमकै प्रसिद्ध धार्मीक शक्तिपीठ घटाल धानमा लाग्ने बिसु जात (मेला)को उपलक्ष्यमा फुटबल प्रतियोगिता हुने भएको हो।

घटाल स्टार युवा क्लबले आयोजना गर्ने फुटबल प्रतियोगिता चैत २८ गतेदेखि बैशाख २ गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष मनिस भण्डारीले बताए।

उनका अनुसार सम्पूर्ण खेल अमरगढी नगरपालिका–३ स्थित रामलिला मैदान (बगर)मा खेलाइने छन्।

प्रतियोगिताको विजेता टोलीलाई २५ हजार, उपविजेता टोलीलाई १५ हजार ट्रफी र प्रमाणपत्र दिइने छ। उत्कृष्ट किपर, म्यान अफ दी सीरिजलाई पनि आकर्षक पुरुष्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी टीमले चैत २७ गते दिउँसो दुई बजेभित्र टीम दर्ता गराइसक्नु पर्ने छ। टीम दर्ता शूल्क ४ हजार रहेको भण्डारीले बताए।

सम्बन्धित पाेष्टहरु
Loading...