घटालथानमा समाजसेवी विनयले चढाए मूर्ति
डडेल्धुरा: सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ घटालथानमा समाजसेवी विनय प्रकाश मल्लले घटाल बाबाको मूर्ति चढाएका छन् । बिहीबार विनयले घटालथानमा मूर्ति चढाएका हुन् ।
करिब ६२ हजार मूल्य पर्ने मूर्ति घटाल थानको प्रवेशद्धारमा चढाएको उनले बताएका छन् ।
यसअघि उनले भगवानको आस्थाले घटाल मन्दिरमा मूर्ती चढाउन मूर्ती तयार पारिए पनि केही व्यक्तिहरूले चढाउन नपाउने भनि धम्काएको पत्रकार सम्मेलन मार्फत दुखेसो पोखेका थिए ।
अमरगढी नगरपालिकाले अहिले घटाल क्षेत्रको पर्यटन पूर्वाधार निर्माण गरिरहेको छ । मल्लले सात वर्षको अविधीमा ४० लाख रूपैयाँ खर्च गरेको बताएका हुन् ।
अमरगढी नगरपालिका–४ खलंगा घर भएका ‘विनय’ १० वर्ष अघि विद्यार्थी भिसामा जापान गएका थिए ।
जापानमा व्यवसाय गरी मुनाफाको केही प्रतिशत रकम जिल्लाबासीका लागि खर्च गरिरहेको उनी बताउँछन् ।
उनी विद्यालयमा अक्षयकोष स्थापना एवं गरिब निमुखा नागरिकहरूलाई खाद्यान्नलगायत आवश्यक सामाग्री उपलब्ध गराई सहयोग गर्दै आएका छन् ।