किन त्यागे मल्लले सांसद पद?
डडेल्धुरा: सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले प्रदेश सभा सदस्य पद त्यागेका छन्। बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलनको आयोजना गर्दे मल्लले प्रदेश सभा सदस्यबाट राजीनामा गर्ने घोषणा गरेका हुन्।
‘राणा कालमा तत्कालिन श्री ३ साशकहरूले आफ्नो गौणका हाकीम हटाएझैं नेपाली काँगैसको विधि विधान कुल्चेर मलाई दोस्रो पटक नेपाली काँग्रेसको साधारण सदस्य समेत नरहने गरि हटाइएको छ,’ उनले भने, ‘मलाई यो पार्टीबाट प्रदेश सभाको निर्वाचित सांसद पदमा रहन नैतिकतले दिँदैन्। आजदेखि म प्रदेश सभा सांसद नरहेको सञ्चार माध्यमबाट घोषणा गर्दछु।’
पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एक लौटी रूपमा सातौं जिल्ला अधिवशेन तथा १४औं महाधिवशेन गरेको भन्दै मल्ल लामो समयदेखि रूष्ट थिए।
आसन्न स्थानीय तहको निर्वाचनमा उनले नेपाली काँग्रेस बिपीबाट चुनाव लड्ने भन्दै एमालेसँग गठबन्धन गरेपछि नेपाली काँग्रेसको साधारण सदस्यसमेत नरहने गरि उनलाई कार्वाही गरिएको थियो।