Radio Unity 92.2MHz

युनिटीको समाचार प्रभाव : कांग्रेसले हटायो बागबजार क्षेत्रमा टाँसेका झण्डा

डडेल्धुरा : नेपाली कांग्रेस डडेल्धुराले निर्वाचन आचारसंहिताको उल्लंघन गरेर बागबजार क्षेत्रमा टाँसेका झण्डा हटाएको छ। कांग्रेसले जिल्ला सदरमुकामको बागबजार क्षेत्रमा पार्टीको झण्डा टाँस्दै आचारसंहिताको उल्लंघन गरेर हिजो बागबजार क्षेत्रलाई नै रङ्गीचङ्गी बनाएको थियो।

राजनीतिक दल, उम्मेदवार तथा दलका भातृ संगठनले पालना गर्नुपर्ने आचरणको (ज) मा घर वा जग्गा धनीको अनुमति नलिई कसैको घर वा जग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने उल्लेखछ।

तर, कांग्रेस बागबजारको सडकमाथि ठाउँठाउँमा पार्टीको झण्डा टाँसेको थियो। यस विषयमा युनिटी खबरले खबरदारी गरेपछि डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराएर हटाउन लगाएको बताए।

डडेल्धुरामा आचारसंहिताको उल्लंघन, कांग्रेसले टाँस्यो बजार क्षेत्रमा पार्टीको झण्डा (फोटोफिचर)

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।