Radio Unity 92.2MHz

डडेल्धुरामा नमूना मतदान

डडेल्धुराः आसन्न बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि डडेल्धुरामा नमूना मतदान गरिएको छ।

आइतबार जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले बदर मत कम गर्न जिल्ला सदरमुकाम बसपार्कमा आइतबार नमूना मतदान गरिएको हो।

बसपार्कमा केही युवालाई जम्मा गरेर नमूना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ। स्थानीय तहको निर्वाचनमा सात छाप लगाउनु पर्ने भनेर सिकाइएको निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए।

‘हामी के कति निर्वाचनको बारेमा जानकार छौं। निर्वाचनका प्रक्रियाहरू केके रहन्छन्। के कसरी मतदान गर्नुपर्छ। र के कसरी सहभागिता रहन्छ? भन्ने जानकारीका दिनका लागि नमूना मतदान गरेका हौं,’ उनले भने, ‘यो बाट सहभागिले केही न केही सिक्नु भएको छ भन्ने अपेक्षा गरेका छौं।’

उनले मतदाता शिक्षा निर्वाचनको एकदिन अगाडी मात्र दिइने समेत बताए। दुई नगरपालिका र पाँच गाउँपालिका गरी सातवटा स्थानीय तह रहेको जिल्लामा चुनावको तयारी तीव्र पारिएको छ।

कूल ९० हजार १ सय १९ मतदाता रहेको डडेल्धुरामा ४४ हजार ६ सय ६४ पुरुष र ४५ हजार ४ सय ५५ जना महिला छन्। मतदाताको संख्याअनुसार मतदान केन्द्र र मतदानस्थल पनि निर्धारण गरिएको छ। जिल्लामा ८० मतदान स्थल र १ सय २६ वटा मतदान केन्द्र तोकिएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...