Radio Unity 92.2MHz

डडेल्धुरा पुगेर आरजुले भनिन् : करुवा सरुवामा भोट नहाल्नु

डडेल्धुराः नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवाले पूर्व जिल्ला सभापति एवं पूर्व सुदूरपश्चिम सांसद कर्ण मल्ललाई आफ्नो बारेका नानाथरी कुरा गरिएको आरोप लगाएकी छन्।

काँग्रेसकी केद्रिय सदस्य समेत रहेकी उनले नेता तथा कार्यकर्तालाई सदरमुकामको बसपार्कमा सम्बोधन गर्दै मल्ल पक्षहरू नक्कली काँग्रेस भएको आरोप लगाएकी हुन्। डडेल्धुरा कांग्रेसभित्र षड्यन्त्र खेल्नेहरू करुवामा गएर राम्रो भएको बताइन्।

राष्ट्रियस्तरको नेता नभएको पार्टीले केही गर्न नसक्ने भन्दै उनले करुवा पार्टीको नेता को हो ? भन्दै  प्रश्न गरेकी छन्। कर्ण मल्ल लक्षित गदै उनले हाम्रो नाममा राजनीति गर्नेहरू अहिले सुखिलामुखिला भएको समेत बताइन्।

उनले करुवा सरुवाहरूवालाई भोट नहाल्नु भन्दै रुख चिन्हमा मतदान गरि काङ्ग्रेसका उम्मेदवारलाई जिताउन निर्दैेशन दिइन् उनले विपी काँग्रेसलाई आफूले नचिनेको समेत बताइन्। उनले बिहे गरेर डडेल्धुरा आएपछि गाउँगाउँमा पुगेको बताइकी छन्।

आफू बिहे गरेर आउँदा यहाँको अवस्था देखेर ४ सय वर्ष पछाडि आएजस्तो लागेको बताउँदै उनले भनिन् म खानेपानी नभएको, बिजुली नहुँदा सुत्न नसकिने ठाउँमा पुगेकी थिए। तर, अहिले सबै विकास भएको उनले बताइन्। यो सबै विकास देउवाले गरेको उनले दाबी गरिन्। यो धर्तीलाई माया गर्नेले रुखमा भोट हाल्ने उनको भनाइ छ।

उनले डडेल्धुुराले आफूलाई माइतीभन्दा बढी माया दिएको समेत बताएकी छन्। डडेल्धुरामा काँग्रेस दुई भागमा विभाजन भएको छ। जिल्लामा पूर्व सभापति मल्ल पक्ष विद्रोह गरेर नेपाली काँग्रेस विपीमा मिसिएको छ। उक्त समूह एमालेसँग तालमेल गरि चुनाव चिह्न करुवा बोकेर स्थानीय चुनावमा होमिएको हो।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।