Radio Unity 92.2MHz

प्रधानमन्त्री देउवाले गरे मतदान

डडेल्धुरा : नेपाल काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ मा मतदान गरेका छन ।

मतदान गर्नका लागी प्रधानमन्त्री देउवा धनगढीबाट नेपाली सेनाको हेलिकोप्टरबाट रुवाखोलाका पुगेका थिए । बिहान ९ः५५ बजे मतदान गरेका देउवा मतदानपछि काठमाण्डौ जाने भएका छन ।

डडेल्धुरामा कूल ९० हजार १ सय १९ मतदाता रहेका छन् मतदाताको संख्याअनुसार मतदान केन्द्र र मतदानस्थल पनि निर्धारण गरिएको छ । १ सय २६ मतदान केन्द्रमध्ये तिन केन्द्र भने भवन रहित रहेका छन् । डडेल्धुरा जिल्लाका सात वटा स्थानीय तहमा साना÷ठूला गरि ११ वटा दलका प्रतिनिधि सहित स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

 

सम्बन्धित पाेष्टहरु
Loading...