नवदुर्गामा समाजवादी भन्दा दुई मतले काँग्रेस अगाडि
डडेल्धुराः डडेल्धुराको नवदुर्गा गाउँपालिकामा काँग्रेले अग्रता कायमै राखेको छ।
काँग्रेसका उम्मेदवार लक्ष्मी अवस्थीले १२०३, नेपाली काँग्रेस विपीका उम्मेदवार गोकुल शाहीले ७५२ र एकीकृत समाजवादीका कविन्द्र बिष्टले १२०१ मत पाएका छन् भने माओवादी केन्द्रका धर्म बिकले ४८५ मत प्राप्त गरेका छन्।
यस्तै उपाध्यक्षमा काँग्रेसका उमेदवार निर्मला बिष्टले १४१८, नेकपा एमालेबाट वीरबहादुर बिष्टले ३६९ र एकीकृत समाजवादीका चन्द्रा रुपालीले १०५० र माओवादी केन्द्रकी बिस्ना बोहराले ५२४ मत पाएकी छन्।
नवदुर्गाको वडा नम्बर १, ३ र ५ को मतगणना सम्पन्न भएको छ । एकमा काँग्रेसका उम्मेदवार तीनमा माओवादी केन्द्र र पाँचमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ।