Radio Unity 92.2MHz

आलितालमा माओवादीको अग्रता, पछ्याउँदै कांग्रेस

डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ। ४ हजार ९ सय ३७ मत गन्दा माओवादी केन्द्रका शेरसिंह पार्कीले अग्रता लिएका हुन्।

पार्कीले १ हजार ५६८ मत ल्याएका छन्। उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका बलबहादुर गुरुङले १ हजार ५ सय ३५ मत पाएका छन्। कांग्रेसभन्दा माओवादी ३३ मतले अगाडि छ।

यस्तै, एमालेका मीन बोगटीले १ हजार सय ३०, नेकपा एकीकृत समाजवादीका उम्मेदवार तुलाराम बोहराले २ सय १५, स्वतन्त्र उम्मेदवार टेक खड्काले २ सय ९ मत पाउँदा हलोले २८ ल्याएको छ।

उपाध्यक्षमा पनि माओवादीकै उम्मेदवार मैना रावल अघि छिन्। उनले १ हजार ६५६ मत पाउँदा कांग्रेसकी ज्वाला बोगटीले १ हजार ५५० मत ल्याएकी छन्। रावल १०६ मतले अगाडि छिन्।

आलिताको वडा नम्बर १ मा एमाले, २ मा कांग्रेस, ७ मा माओवादी र वडा नम्बर ८ मा कांग्रेस विजयी भएको छ। अहिले वडा नम्बर ३ र ६ को मत गनिँदैछ। आलितालमा कुल ७ हजार ४ सय ९० मत खसेको थियो।

 

सम्बन्धित पाेष्टहरु
Loading...