अजयमेरुको अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेसको अग्रता
डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले उपाध्यक्षमा नेपाली काँग्रेसले अग्रता बनाएको छ।
नेकपा एमालेका उम्मेदवार पदम पालले ७१२, नेपाली काँग्रेसका उम्मेदवार टेकराज पाण्डेयले ६६२ र माओवादी केन्द्रका उम्मेदवार उमेशप्रसाद भट्टले ६४० मत प्राप्त गरेका छन्।
यस्तै उपाध्यक्षमा काँग्रेसका उमेदवार बसन्ती पालले १०३७, काँग्रेस विपीका उमेदवार रामचन्द्र ऐरले ४२४ र एकीकृत माओवादी केन्द्रकी उम्मेदवार कलावती भाणले ५९७ मत पाएकी छन्।
अजयमेरु गाउँपालिकाको १ र ६ नम्बर वडाको मत परिणाम सार्वजनिक हुँदा दुबै वडामा काँग्रेस विजयी भएको छ। यहाँ विपी काँग्रेस र एमालेको गठबन्धन छ।