Radio Unity 92.2MHz

आलिताल गाउँपालिका–३ को वडाअध्यक्षमा दोब्बर मतले माओवादीका बुढा निर्वाचित

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका–३ को वडाअध्यक्षमा माओवादी केन्द्रका बलबहादुर बुढा मगर विजयी भएका छन्।

उनले ११ सय १३ मत मध्ये ६ सय ३२ मत ल्याउँदै विजयी भएका हुन्। बुढासँगै वडा नम्बर ३ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ।

बुढा यस अघि पनि जननिर्वाचित जनप्रतिनिधि हुन्। उनले वडा नम्बर ३ को सदस्य पदमा ५ वर्षे कार्यकाल पूरा गरिसकेका छन्। उनका प्रतिद्वन्दी टेक राज पाण्डेले ३ सय २ मत प्राप्त गरेका थिए।

सम्बन्धित पाेष्टहरु
Loading...