Radio Unity 92.2MHz

नवदुर्गा गाउँपालिकामा नेपाली काँग्रेस विजयी

डडेल्धुरा: डडेल्धुराको नवदुर्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ।

नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई हराउँदै अध्यक्षमा लक्ष्मीप्रसाद अवस्थी र उपाध्यक्षमा निर्मला बिष्ट (बोगटी) विजयी भएका हुन्।

नेकपा एकीकृत समाजवादीका कविन्द्र बिष्टलाई हराउँदै अध्यक्षमा अवस्थी र उपाध्यक्षमा समाजवादीकि चन्द्रा रूपालीलाई हराउँदै बिष्ट विजयी भइन्। अध्यक्षमा निर्वाचित अवस्थीले २८७९ मत ल्याए। उनका प्रतिद्वन्दी बिष्टले २६०६ मत पाए।

उपाध्यक्षमा विजयी बिष्टले ३२०८ मत ल्याएर विजयी भइन्। उनकी प्रतिद्वन्दी चन्द्रा रूपालीले २३६७ मत पाइन्।

सम्बन्धित पाेष्टहरु
Loading...