वडाध्यक्षमा हारेपछि कामीले दिए पार्टी सचिवबाट राजीनामा
डडेल्धुराः नेकपा (माओवादी केन्द्र) आलिताल गाउँ कमिटी सचिव गणेश कामीले पदबाट राजीनामा दिएका छन्। वडाध्यक्षमा पराजित भएपछि कामीले सोमबार सामाजिक सञ्चालमा राजीनामा राख्दै नैतिकताका आधारमा सचिव पद छाडेको जनाएका हुन्।
पार्टीले वडा–८ को अध्यक्षको उम्मेदवार भई चुनाव लडेको र पछि पार्टीका जिम्मेवार व्यक्तिहरूले नकारात्मक भूमिका खेलेका वडामा सबै उम्मेदवारहरू हार भएको कामीले उल्लेख गरेका छन्।
‘म यो पार्टीको सचिव भई काम गरेको र अब उपरान्त मेरो नैतिकताले पनि सो पदमा काम गर्न नमिल्ने भएकाले आजका मितिदेखि सो पदबाट नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गर्दछु।’ उनको राजीनामा पत्रमा उल्लेख छ।
३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा आलिताल–८ को अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर देउवा निर्वाचित भएका थिए। एमालेका रामचन्द्र पुनलाई हराउँदै देउवा प्यानसहित वडाध्यक्ष बनेका थिए। २०७४ सालको स्थानीय तह निर्वाचनमा यो वडा माओवादीले जितेको थियो।
राजीनामा पत्र :