Radio Unity 92.2MHz

एमाले डडेल्धुराले सोध्यो भागेश्वर गाउँ कमिटी अध्यक्ष महतालाई ७२ घण्टे स्पष्टीकरण

डडेल्धुरा: नेकपा एमाले डडेल्धुराले भागेश्वर गाउँ कमिटी अध्यक्ष दिपक महतालाई ७२ घण्टे स्पष्टीकरण सोधेको छ। एमाले डडेल्धुराले सोमबार पत्र पठाउँदै महतालाई स्पष्टीकरण सोधेको हो।

स्थानीय तह निर्वाचनका बेला पार्टीको हित विपरीत कार्य र पार्टीको विधानको धारा ८० उपधारा ६ अनुसार पार्टी अनुशासन विपरीत कार्य गरेकोले महतालाई स्पष्टीकरण सोधिएको एमाले डडेल्धुराले जनाएको छ।

एमालेले महतालाई ३ दिनभित्र चित्तबुझ्दो जवाफ पठाउन भनेको छ। चित्तबुझ्दो जवाफ नआए पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरिने पठाइएको पत्रमा उल्लेख छ।

सात पालिका रहेको डडेल्धुरामा एमाले शून्य छ। २०७४ को चुनावमा दुई पालिका र सबैभन्दा बढी १९ वडा जितेको एमाले यसपटक भने ३ वटा वडामै सीमित भएको छ। भागेश्वरमा एमाले शून्य छ।

स्पष्टीकरण पत्र :

सम्बन्धित पाेष्टहरु
Loading...