डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न व्यवस्था मिलाइने
डडेल्धुरा: सरकारले आगामी बजेटबाट डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न व्यवस्था मिलाइने जनाएको छ।
आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न व्यवस्था मिलाइने बताए।
यसअघि चुनावी सभालाई सम्बोधन गर्न डडेल्धुरा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न पहल गर्ने प्रतिवद्धता जनाएका थिए।