Radio Unity 92.2MHz

जिल्ला समन्वय समिति डडेल्धुराको निर्वाचन जेठ २२ गते

कांग्रेसको जिसस बन्ने पक्का

डडेल्धुरा: जिल्ला समन्वय समिति डडेल्धुराको निर्वाचन यहीँ जेठ २२ गते हुने भएको छ। जिसस निर्वाचन प्रक्रियाअनुसार डडेल्धुरामा बुधबार मतदाता नामावली प्रकाशन गरिएको छ। बिहीबार अन्तिम नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार २० गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ। २१ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र सोही दिन उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा उपाध्यले जानकारी दिए। २२ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।

डडेल्धुरामा दुई नगरपालिका र पाँच गाउँपालिका गरी ७ वटा स्थानीय तह रहेका छन्। जिल्लामा रहेका स्थानीय तहका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षले जिल्ला समन्वय समितिका उम्मेदवारलाई मतदान गर्न पाउने व्यवस्था छ। डडेल्धुरामा १४ मतभार रहेको छ। नेपाली कांग्रेससँग एक्लै डडेल्धुरामा जिल्ला समन्वय समिति गठन गर्न सक्ने मतभार रहेको छ। उससँग १० मतभार छ।

कांग्रेसले डडेल्धुरामा अमरगढी नगरपालिका प्रमुख र उपप्रमुख, गन्यापधुरा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नवदुर्गा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, परशुराम नगरपालिका प्रमुख, अजमेरु गाउँपालिका उपाध्यक्ष र भागेश्वर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जितेको छ।

नेकपा माओवादी केन्द्रसँग मतभार ४ रहेको छ। उसले अजयमेरु गाउँपालिका अध्यक्ष, आलिताल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष र परशुराम नगरपालिकामा उपप्रमुख जितेको छ। यसअघि दुई पालिका जितेको एमालेले यसपटक भने कुनै स्थानीय तहमा जित हासिल गर्न सकेन।

निर्वाचन कार्यक्रम :

सम्बन्धित पाेष्टहरु
Loading...