डडेल्धुरा: महेन्द्र माध्यमिक विद्यालयको ६६औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएकोछ।
जिल्ला सदरमुकामको अमरगढी नगरपालिका– ५ स्थित खलंगामा रहेको विद्यालयले बिहीवार ६६औं बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको हो।
सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। २०१३ सालमा स्थापना भएको विद्यालयले आफ्नो छुट्टै पहिचान बनाएको छ।
६६ वर्ष अगाडि आजकै दिन स्थापना भएको विद्यालय अहिलेसम्म सफल रूपमा सञ्चालन भइरहेको विद्यालयका प्रअ सुरेन्द्रबहादुर ऐर बताउँछन्।
१६ गतेदेखि सुरु भएको बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा १६ र १७ गते अन्तर सदनात्मक विविध खेलकुद सञ्चालन भएका थिए।
यस्तै, १८ गते अन्तर सदनात्मक हाजिरी जवाफ, हिज्जे प्रतियोगिता र शिक्षक कर्मचारी मैत्रिपूर्ण भलिबल प्रतियोगिता भएको थियो।
आज अन्तिम दिन विद्यालयले पुरस्कार वितरण, विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत, विविध साँस्कृतिक कार्यक्रम र नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा बधाई कार्यक्रमको आयोजना गरिएको छ।