Radio Unity 92.2MHz

अभिमुखीकरण कार्यक्रम सम्पन्न

डडेल्धुरा: सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेश डोटीको आयोजनामा दुई दिने अभिमुखीकरण कार्यक्रम समपन्न भएको छ।

जिल्ला सदरमुकाममा सेभ द चिल्ड्रेनको सहयोगमा भएको कार्यक्रममा समुदाय स्तरमा औलो, क्षयरोग, एचआईभी र कोभिड–१९को एकीकृत परिक्षण तथा व्यवस्थापनका लागि सामुदायिक स्वास्थ्य कार्यक्रताहरू माझ सामुहिक अभ्यासको कार्यक्रम गरिएको हो।

सुदूरपश्चिमका ८ जिल्लामा औलो, क्षयरोग, एचआईभीलगाएतका सम्भावित रोगीहरूको पत्ता लगाउन कार्यक्रम सुरु हुने भएको छ।

सुदूरपश्चिमका ८ जिल्लामा लागू हुने गरी कार्यक्रम सञ्चालन गरिने र ३५ वटा स्थानीय तहका ४२ वटा वार्डहरूमा कार्यक्रम सुरु हुने भएको हो।

जहाँ औलो, क्षयरोग, एचआईभी कोभिड–१९ को बढी प्रभाव परेको छ त्यस्ता ठाउँहरूमा यस तालिम पश्च्चात समुदायस्तरमा कर्मचारीलाई खटाई सम्भावित व्यक्तिको स्कृलिङ गर्ने र पता लगाउने काम गरीने कार्यक्रमका फोकल प्रशन हेमराज जोशील जानकारी दिए।

प्रत्येक वार्डमा एकजना एचए, एकजना ल्याव असिस्टेनटलाई खटाइने कार्यक्रमका फोकल प्रशन हेमराज जोशीले बताए। उनले उक्त कार्यक्रमले समुदाय स्तरमा सम्भावित व्यत्तिहरुमको पहिचान हुने भएकोले सो कार्यक्रम गरिएको जोशीले बताए।

सम्बन्धित पाेष्टहरु
Loading...