Radio Unity 92.2MHz

गन्यापधुरा गाउँपालिकाले वृद्धि गरेर ल्यायो बजेट

डडेल्धुरा: डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले बजेट वृद्धि गरेर ल्याएको छ। चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि गन्यापधुराले ३ करोडभन्दा बढी बजेट वृद्धि गरेर ल्याएको हो।

गन्यापधुराले शुक्रबार आगामी आर्थिक वर्ष २०७९/८० का लागि पालिकाको १४औँ गाउँसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममार्फत् सो बजेट पेस गरिएको हो।

गाउँसभामा गाउँपालिका उपाध्यक्ष ज्ञानु सेटी देउवाले बजेट प्रस्तुत गरेकी हुन्। उनले गाउँपालिकाको ३८ करोड ३ लाख २८ हजारको बजेट प्रस्तुत गरेकी छन्। जसमा चालुतर्फ २६ करोड ४५ लाख २९ हजार र पूँजीगततर्फ ११ करोड ५५ लाख ९८ हजार विनियोजन गरिएको छ।

चालु आर्थिक वर्षमा गन्यापधुराको कूल बजेट ३४ करोड ५१ लाख २७ हजार रहेको थियो । जसमा चालुतर्फ २४ करोड ९४ लाख ३८ हजार र पूँजीगततर्फ ९ करोड ५६ लाख ८९ हजार विनियोजन गरिएको थियो । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारलगायतका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको छ ।

यस्तै, आलिताल गाउँपालिकाले ४६ करोड ६४ लाख १८ हजारको बजेट ल्याएको छ। शुक्रबार सो बजेट गाउँपालिका उपाध्यक्ष मैनाकुमारी रावल बोहराले प्रस्तुत गरेकी हुन्। आलिताल गाउँपालिकाले पनि स्वास्थ्य, कृषि, पूर्वाधार, शिक्षालगायतका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको छ।

गाउँपालिकाको १२औँ गाउँसभा तथा बजेट अधिवेशनमा गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। यसैगरी परशुराम नगरपालिकाले ७८ करोड ४८ लाख ३४ हजारको बजेट बजेट ल्याएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...