Radio Unity 92.2MHz

यी हुन् सन्दीप आबद्द डम्बुलामा रहेका चर्चित खेलाडी

काठमाडौं: नेपाली राष्ट्रिय टोलीका कप्तान तथा लेगस्पिनर सन्दीप लामिछानेले श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) मा डम्बुला जायन्ट्सबाट खेल्दै छन् ।

मंगलबार भएको ड्राफ्टबाट सन्दीप ४० हजार डलरमा डम्बुलामा अनुबन्धित भएका हुन् । सन्दीप विदेशी कोटाको डायमण्ड समूहमा रहेका थिए ।

सन्दीपसँगै डम्बुलाको टोलीमा ६ विदेशी खेलाडी रहेका छन् । अष्ट्रेलियन टिमबाट खेलिसकेका डार्सी सर्ट र बेन कटिङ रहेका छन् ।

न्युजिल्याण्डका विकेटकिपर ब्याट्सम्यान टिम सिफर्ट तथा पाकिस्तानका ब्याटर हैदर अलि समेत डम्बुलामा रहेका छन् ।

यस्तै वेस्ट इन्डिजका तीब्र गतिका बलर शेल्डन कट्रेल रहेका छन् ।

श्रीलंकाको सिमित ओभर क्रिकेटका कप्तान डसुन शनकाको कप्तानी यस टोलीमा रहने छ ।

यस्तै श्रीलंकाका विस्फोटक विकेटकिपर ब्याटरको छवि बनाएका भानुका राजापाक्षे, श्रीलंकाको टोलीबाट खेलिसकेका नुवान प्रदिप र रमेश मेन्डिस समेत डम्बुलाको टोलीमा रहेका छन् ।

यस लिगमा हरेक खेलमा एक टोलीमा चार विदेशी खेलाडी प्लेईङ -११ मा रहने नियम रहेको छ ।

त्यसैले सन्दीप प्लेईङ-११ मा रहने सम्भावना उच्च रहेको छ ।

सन्दीप अहिले नेपाली टोलीको नेतृत्व गर्दै क्यानडामा रहेका छन् । स्कटल्याण्डमा हुने आईसीसी विश्वकप लिग टूको तयारीका लागि नेपाली टोली क्यानडामा रहेको छ ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।