Radio Unity 92.2MHz

सेतीमा बगेका ताम्राकार अझै फेला परेनन्

डडेल्धुराः सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका अमरगढी नगरपालिका–६ छचोडाका २७ वर्षीय वीरेन्द्र ताम्राकार अझै फेला परेका छैनन्।

डडेलधुराबाट मलामी गएका ताम्राकार बुधबार डोटीको शिखर नगरपालिका–१० गहनानमा सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए।

बेपत्ता भएका ताम्राकारको खोजी कार्य भइरहेको भएपनि वर्षातका कारण नदीमा पानीको बहाव बढेको र पानी धमिलो भएका कारण खोजी कार्यमा समस्या भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी भोला भट्टले बताए।

सेती नदीमा आफन्तको शव जलाउन गएका बेला उनीसँगै अर्का विनोद ताम्राकार पनि नदीमा बगेका थिए। तर, उनी करिब २ सय मिटर तल बानीडुग्रीसैन नजिक घाइते अवस्थामा फेला परेका थिए।

सम्बन्धित पाेष्टहरु
Loading...