Radio Unity 92.2MHz

ब्लड क्यान्सरसँग जुधिरहेका अनमोलका लागि आर्थिक सहयोगको अपिल

डडेल्धुरा: दार्चुलाको लेकम गाउँपालिका–१ का तीन वर्षीय बालक अनमोल बोहरा ब्लड क्यान्सरबाट पीडित भएपछि उनका परिवारले उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका छन्।

शेरसिंह बोहराका छोरा अनमोल विगत एक वर्षदेखि काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचाररत छन्। परिवारका अनुसार उपचारका क्रममा हालसम्म लाखौँ रुपैयाँ खर्च भइसकेको छ। चिकित्सकले उपचार प्रक्रिया अझै करिब पाँच वर्षसम्म निरन्तर चल्न सक्ने बताएकाले आर्थिक अभावका कारण उपचारलाई निरन्तरता दिन कठिनाइ भएको उनीहरूको भनाइ छ।

आर्थिक अवस्था कमजोर बन्दै गएपछि परिवारले देश तथा विदेशमा रहेका नेपाली तथा सहयोगी मनहरूलाई सक्दो आर्थिक सहयोग गरिदिन आग्रह गरेको छ। परिवारले सानो सहयोगले पनि बालक अनमोलको उपचारमा ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेको छ।

परिवारले सहयोग गर्न इच्छुक व्यक्तिहरूलाई आर्थिक सहयोगका लागि बैंक खातामार्फत सहयोग गर्न अनुरोध गरेको छ।

सम्बन्धित पाेष्टहरु
Loading...