Radio Unity 92.2MHz

अमरगढी नगरपालिकाले कहिले दिन्छ स्कुल बस?

आश्वासनमा हतारो, काममा भने आलटाल

डडेल्धुराः अमरगढी नगरपालिकाले स्कुल बस दिन ढिलाइ गर्दा समस्या भएको छ।

अमरगढी नगरपालिकाले नयाँ शैक्षिक शत्रमा नगरभित्रका दुई विद्यालयलाई स्कुल बस दिने भन्दै आवेदन दिन आह्वान गरेको थियो। जसअनुसार महेन्द्र माध्यमिक विद्यालय खंलगा र भागेश्वर मावि टाँटरले आवेदन दिएका थिए।

नगरपालिकाले बस दिने निर्णय गरेपछि महेन्द्र माध्यमिक विद्यालयले टाढा टाढाका विद्यार्थी भर्ना गरेको छ। तर, वैशाखमा दिने भनेको बस असार कट्नै लाग्दासमेत नदिएको महेन्द्र माध्यमिक विद्यालयका नासु धर्म पन्तले बताएका छन् ।

विद्यालय र नगरपालिकाको ५० प्रतिशत सहभागितामा दुई वटा विद्यालयलाई चालु शैक्षिक सत्रको सुरुवातमै स्कुल बस दिने भनेको नगरपालिकाले शैक्षिक सत्र सुरु भएको तिन महिना बितिसक्दा पनि स्कुल बस दिने कुनै छाटकाट नै छैन्।

बस खरिद गर्ने सर्त अनुसार महेन्द्र माध्यमिक विद्यालयले १० लाख ५५ हजार रूपैयाँ बुझाइसकेको छ भने भागेश्वर माविले पैसा अभाव भएको जनाउँदै दिन सकेको छैन।

टाढा टाढाका विद्यार्थी भर्ना गरेको विद्यालयमा स्कुल बस समयमै नआउँदा विद्यार्थीले समस्या भोग्नु परिरहेको महेन्द्र माविकै शिक्षक किशोर बमले बताएका छन्।

अमरगढी नगरपालिकाले भने ठेक्का सम्झौता भई आसय समेत स्विकृत भईसकेको र कर छुटका लागि कागज बनाउदा ढिलाई भएको जनाएको छ। स्कुल बस भारतबाट ल्याउनुपर्ने भएकोले ढिलाइ भएको अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाले जानकारी दिए।

टाढाका विद्यार्थीहरूका लागि आवत–जावतमा आएको समस्या सामाधानका लागि महेन्द्र मावि खलंगाले भारतीय राजदुतावास मार्फत एउटा स्कुल बस प्राप्त गरिसकेको छ भने अमरगढी नगरपालिकाले तत्काल विद्यालयलाई स्कुल बस हस्तान्तरण गरे विद्यालय संग दुईवटा स्कुलबस हुनेछन् ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।