Radio Unity 92.2MHz

बोलन्या थली डडेल्धुराले प्रधानमन्त्रीलाई बुझायो १० हजार हस्ताक्षरसहित ज्ञापन पत्र

डडेल्धुरा: बोलन्या थलीको डडेल्धुरा युनिटले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ। डडेल्धुरा युनिटले ३ बुँदे माग राख्दै सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रसँगै प्रधानमन्त्री देउवालाई १० हजार डडेल्धुरी जनताका हस्ताक्षरसमेत बुझाइएको छ ।

ज्ञापन पत्रमा डडेल्धुरामा विमानस्थल निर्माण, जिल्ला सदरमुकामको सडक विस्तार र महाभारत केवलकारको सम्भाव्यता अध्ययनको माग गरिएको छ । डडेल्धुरा प्रधानमन्त्री देउवाको गृह जिल्लासमेत हो ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।