Radio Unity 92.2MHz

डडेल्धुराका नयाँ डीएसपीले लिए एक्सन, लागूऔषधसहित ३ जना पक्राउ

डडेल्धुरा: डडेल्धुरामा हालै काज सरुवा भएर आएका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले एक्सन लिन थालेका छन्। गत बिहीबारदेखि जिल्लाको कामण्ड सम्हालेका भट्टले लागूऔषध खैरो हिरोइनसहित ३ जनालाई पक्राउ गरेका छन्।

प्रहरीले कञ्चनपुको शुक्लाफाँटा नगरपालिका–९ का २८ वर्षीय दिपेश ऐर, झलारी सिसैयाका २६ वर्षीय शैलेन्द्र सिंह र डडेल्धुराको अमरगढी नगरपालिका–६ का २६ वर्षीय अनिल ताम्राकारलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट लागूऔषध खैरो हिरोइनजस्तो देखिने खैरो रङको पदार्थ २.५० ग्राम, नगद ४३ हजार ३ सय ५० रुयैयाँ र ३ थान मोबाइल बरामद गरिएको डीएसपी भट्टले जानकारी दिए।

अमरगढी नगरपालिका–५ बागबजारस्थित तेज बोहराले सञ्चालन गरेको ग्रिन लजको तेस्रो तलामा लागूऔषध खैरोहिरोइनको कारोबार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा उनीहरूलाई शुक्रबार राति ९ बजेतिर पक्राउ गरिएको उनले बताए।

उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको डीएसपी भट्टले जानकारी दिए। प्रहरीले उनीहरूलाई शुक्रबार पक्राउ गरेको भएपनि आइतबार मात्रै सूचना सार्वजनिक गरेको हो।

डडेल्धुराका डीएसपी भट्ट भन्छन्– घटना घटेको पाँच मिनेटभित्रै एक्सन लिन्छौं

सम्बन्धित पाेष्टहरु
Loading...