Radio Unity 92.2MHz

डडेल्धुरा अस्पतालमा इमरजेन्सि ल्याब सञ्चालन

डडेल्धुरा: डडेल्धुरा अस्पतालमा इमरजेन्सि ल्याब सञ्चालनमा आएकोछ। बुधबार एक कार्यक्रमकाबीच अस्पतालमा इमरजेन्सि ल्याब उद्घाटन गरिएको हो।

इमरजेन्सि सेवालाई प्रभावकारी बनाउनका लागि इमरजेन्सि ल्याब सञ्चालनमा ल्याएको अस्पतालका निमित्त मेसु डा. चेतराज भट्टले बताए।

इमरजेन्सि ल्याब सेवा २४ घण्टा सञ्चालनमा आउने उनको भनाइ छ। यसअघि इमरजेन्सि सेवामा आउने बिरामीले लामो समयसम्म रिपोर्टको प्रतिक्षा गरेर बस्नु पर्ने बाध्यता थियोे।

तर, इमरजेन्सि ल्याब सञ्चालनमा आएपछि त्यो समस्याको अन्त्य हुने अस्पताल प्रशासनले जनाएको छ। डडेल्धुरा अस्पताल संघिय सरकार मातहतको एक मात्र अस्पताल हो।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।