डडेल्धुराः एसिया कप सन् १९८४ मा सुरु भएको थियो। भारतीय टोलीले सबैभन्दा बढी ७ पटक एसिया कपको उपाधि जितेको छ।
योसँगै श्रीलंकाले पाँच पटक र पाकिस्तानले दुई पटक एसिया कपको उपाधि जित्न सफल भएको छ। यस पटकको एसिया कप अगस्ट २७ बाट यूएईमा सुरु हुँदैछ।
आज हामी एसिया कपमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको बारेमा जानकारी दिँदैछौं।
सनथ जयसूर्या (श्रीलंका)
एसिया कपमा श्रीलंकाका सनथ जयसूर्याले सबैभन्दा धेरै रन बनाउने खेलाडीको पहिलो नम्बरमा आउँछन्। उ
नले यस प्रतियोगितामा मात्र २५ खेलमा एक हजार दुई सय २० रन बनाएका छन्। उनले श्रीलंकालाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका छन्।
कुमार संगकारा (श्रीलंका)
एसिया कपमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको सूचीमा दोस्रो नम्बरमा छन्, श्रीलंकाका कुमार संगकारा। संगकाराले एसिया कपका २३ खेलमा एक हजार ७५ रन बनाएका छन्।
सचिन तेन्दुलकर (भारत)
क्रिकेटका ‘भगवान’का रूपमा समेत परिचित भारतका सचिन तेन्दुलकर एसिया कपमा सर्वाधिक रन बनाउने तेस्रो खेलाडी हुन्।
उनले २३ खेलमा ९ सय ७१ रन बनाएका छन्। तेन्दुलकरले एसिया कपमा १७ विकेट पनि लिएका छन्।
शोएब मलिक ( पाकिस्तान)
पाकिस्तानका शोएब मलिक पनि एसिया कपमा सर्वाधिक रन बनाउने खेलाडीको चौथो नम्बरमा छन्।
उनले एसिया कपका २१ खेलमा ९ सय ७ रन बनाएका छन्।
रोहित शर्मा (भारत)
भारतीय टीमका वर्तमान कप्तान रोहित शर्मा यस सूचीको पाँचौ नम्बरमा छन्।
उनको कप्तानीमा भारतले २०१८ को एसिया कपको उपाधि जितेको थियो। रोहित शर्माले एसिया कपका २७ खेलमा ८ सय ८३ रन बनाएका छन्।