Radio Unity 92.2MHz

डडेल्धुरामा म्याद सकिएका अखाद्य वस्तु नष्ट

डडेल्धुराः जिल्ला सदरमुकाम बागबजार क्षेत्रका पसलहरूको अनुगमन गरि म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट गरिएका छ। जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बुधबार बजार अनुगमन गरि १७ हजार ७६० रूपियाँका अखाद्य वस्तु नष्ट गरिएको हो।

बागबजारको बसपार्क किनारका पसलहरूमा अनुगमन गर्दा चक्लेट, पाचक, काजु, छोरा, सौप, धनिया, पाउडर, जिरा पाउडर, चाउचार, बिस्कुट, टमाटर केचअपलगायत सामाग्री म्याद गुज्रिएका भेटिएका थिए।

म्याद नागेका अखाद्य वस्तु बरामत गरि नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हेमप्रसाद ढकालले बताए।

प्रशासन कार्यालयको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, अमरगढी नगरपालिका, कृषि ज्ञान केन्द्र, भेटरिनरी तथा पशु विज्ञ कार्यालय, उद्योग बाणिज्य संघ डडेल्धुराको टोलीले सयुक्त अनुगमन गरेको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...