Radio Unity 92.2MHz

दार्चुलामा जिप दुर्घटना, पाँच जनाको मृत्यु

दार्चुला: दार्चुलामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा आइरहेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो।

शैल्यशिखर नगरपालिका–६ स्थित उल्लानीमा से १ ज ५५१ नम्बरको जिप बुधबार अपराह्न दुर्घटना हुँदा ४ जना पुरुष र एक जना महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हिक्मतबहादुर थापाले जानकारी दिए।

उनका अनुसार घटनामा ९ जना घाइते भएका छन्। मालिकार्जुन मन्दिर जाने गेटबाट १ किलोमिटर गोकुलेश्वर तर्फको क्षेत्रमा जिप दुर्घटना भएको उनले बताए।

मृतक र घाइतेहरूको परिचय खुलेको छैन। घटनास्थलमा अहिले मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी र स्थानीयहरू खटिएका छन्।

सम्बन्धित पाेष्टहरु
Loading...