Radio Unity 92.2MHz

भारत भर्सेस पाकिस्तान हेड टु हेड

डडेल्धुराः युएईमा जारी एसिया कप क्रिकेट शनिबारदेखि सुरु भएको छ। पहिलो खेलमा तुलनात्मक रूपमा केही कमजोर मानिएको अफगानिस्तानले श्रीलंकालाई नराम्ररी हारको स्वाद चखायो।

यो खेलबाट प्रष्ट हुन्छ कि एसिया कपको उपाधि जुनसुकै टोलीले हात पार्न सक्छ। दोस्रो खेलमा आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै छन्। सात पटकको च्याम्पियन भारत आज पहिलो खेलमा पाकिस्तानलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ।

दुई पटकको च्याम्पियन पाकिस्तान पनि जितका साथ प्रतियोगिता सुरुआत गर्न चाहन्छ। भारत र पाकिस्तानबीच पछिल्लो पाँच भेटमा भारत हाबी हुँदै आएको छ। अहिलेसम्मका ५ भेटमा पाकिस्तानले मात्र एक खेलमा जित निकालेको छ।

पछिल्लो पटक २०२१ को टी–ट्वान्टी विश्वकपमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो। यी दुई टोलीबीचको खेललाई ‘हाइ भोल्टेज’ का रूपमा पनि लिइन्छ। भारत र पाकिस्तानको खेल विश्व क्रिकेटमै सबैभन्दा बढी महत्वपूर्ण साथ हेर्ने गरिन्छ। आन्तरिक राजनीतिको कारण भारत र पाकिस्तानले सिरिज खेल्दैनन्।

त्यसैले एसिया कप र विश्वकपमा मात्र यी दुई देशबीच प्रतिस्पर्धा हुने गर्दछन्। आन्तरिक राजनीतिमा देखिने सरगर्मी यी दुई देशको क्रिकेटमा पनि देखिने गरिन्छ। यी दुई देशएक अर्कोलाई हराएर आ–आफ्नो देशको प्रतिष्ठा उच्च बनाउन चाहन्छन्।

भारत र पाकिस्तानका जब एक अर्कासँग खेल्छन्, दर्शकहरूले रोमाञ्चक खेल हेर्न पाउँछन्। दुवै टोलीले अहिलेसम्म धेरै अविस्मरणीय पलहरू दिएका छन् जुन सायद प्रशंसकले बिर्सन सक्दैनन्। एसिया कपमा यी दुई टोलीबीचको खेलको कुरा गर्दा भारतीय टोली जहिले पनि हाबी भएको देखिन्छ।

हेड टु हेड रेकर्ड
यी दुई टोलीबीचको समग्र हेड टु हेड रेकर्डको बारेमा कुरा गर्दा, पाकिस्तान टेस्ट र एकदिवसीयमा भारतभन्दा अगाडी देखिन्छ। तर, जब टी–ट्वान्टी प्रतियोगिताको तथ्याङ्कको कुरा आउँछ, तब भारत अगाडी देखिन्छ।

एकदिवसीयमा पाकिस्तान ७३–५५ ले अगाडि छ भने टेस्टमा भारत १२–९ ले अगाडि छ। यसपटकको एसिया कप टी–२० फर्म्याटमा खेलाइँदैछ।

यो फर्म्याटमा भारत ६–२ ले अगाडि छ। एसिया कपमा अहिलेसम्म दुवै टोलीले १४ पटक खेलेका छन्। जसमध्ये ८ पटक भारतले जितेको छ भने पाकिस्तानले ५ पटक जितेको छ।

सर्वाधिक रन
टी–ट्वान्टीमा भारतका कप्तान रोहित शर्माले १३० खेलमा ३२.२८ को औसत र १४०.२६ को स्ट्राइक रेट सँगै ३४८७ रन बनाएका छन्। टी–ट्वान्टीमा उनी सर्वाधिक रन बनाउने खेलाडी हुन्।

भारतका लागि दोस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान विराट कोहली हुन्। उनले ९९ टी–२० खेलमा ५०.१२ को प्रभावशाली औसत र १३७.६६ को स्ट्राइक रेटमा ३३०८ रन बनाएका छन्।

पाकिस्तानका लागि, कप्तान बाबर आजमले ७४ टी–२० खेलमा ४५.५२ को औसत र १२९.४४ को स्ट्राइक रेटसँग २६८६ रन बनाएका छन्।

सर्वाधिक विकेट
यो सूचीमा दुवै टोलीबाट स्पिन बलरको वर्चस्व छ। भारतका लागि युजवेन्द्र चहलले ६२ खेलमा ७९ विकेट लिएका छन् भने पाकिस्तानका लागि सादाब खानले ६४ खेलमा ७३ विकेट लिएका छन्। आजको खेलमा पनि दुबै बलर आमनेसामने हुन सक्नेछन्।

सम्बन्धित पाेष्टहरु
Loading...