Radio Unity 92.2MHz

स्थानीय स्तरमै समाधान हुँदै विवाद

डडेल्धुराः डडेल्धुरामा द्वन्द्व रूपान्तरण अभियान प्रभावकारी बन्दै गएको छ।

स्थानीय स्तरमा हुने झै झगडा तथा विवाद प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्रले स्थानीय स्तरमै समाधान गर्दै आएको छ।

डडेल्धुराका राष्ट्रिय श्रोत व्यक्ति तेजबहादुर महर हालसम्म कयौं विवाद समाधान गर्न सफल भएको बताउँछन्। गाउँमा समान्य झै झगडा वा विवाद भए प्रहरी प्रशासनमा जाने क्रम पनि घट्दै गएको उनी बताउँछन्।

भागेश्वर गाउँपालिकाकी उपाध्यक्ष पुष्पा ठकुराठीले न्याय सम्पादनमा द्वन्द्व रुपान्तरण केन्द्रले गर्दै आएको कार्यको प्रशंसा गरिन्।

‘गाउँपालिकामा न्यायीक समितिको प्रमुख भएर काम गर्दैगर्दा कयौं विवाद मिलाउन निकै समस्या हुन्छ। यसमा हामी द्वन्द्व रुपान्तरण केन्द्रसँग हातेमालो गर्दै अगाडि बढीरहेका छौं, जसले सार्थकता पाइरहेको छ,’ उनले भनिन्।

द्वन्द्व रुपान्तरण केन्द्रले जिल्लास्थित सामुदायिक वन सम्वन्धी धेरै विवाद समाधान गरेको महको भनाइ छ।

उनकाअनुसार जिल्लाका सात वटै स्थानीय तहका अधिकांश सामुदायिक वन उपभोक्ता समिति रहेका छन्। अमरगढी नगरपालिका–१० र ११ मा रहेको सहस्त्रलिंग पुनः निर्माण खानेपानी योजनाको मुहान सम्बन्धी विवादमा समेत सहमति जुटाएको उनको भनाइ छ।

प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्रले न्यायिक समिति पदाधिकारीहरूलाई मेलमिलाप तालिम, जिल्ला समन्वय एवं सल्लाहकार समतिको बैठक, जिल्ला समन्वय एवं सल्लाहकार समितिद्वारा अनुगमनहरू, मेलमिलाप सम्बन्धी पुनर्ताजगि तालिम, कोभिडको माहामारीमा खाद्यान्न र स्वाथ्य सामाग्री वितरणलगाएतका कार्यहरू समेत गरेको छ।

यसैबीच, बिहीबार जिल्ला सदरमुकाममा जिल्ला समन्वय समिति डडेल्धुराको समन्वयमा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्रले जिल्ला स्तरिय सल्लाहाकार तथा समन्वय समिति बैठक सम्पन्न गरेको छ।

 

सम्बन्धित पाेष्टहरु
Loading...