दार्चुला: नौगाड गाउँपालिका-४ मा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । आइतबार बिहान होपरी नजिक से १ ज १०७८ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरी कार्यालय दार्चुलाका अनुसार दुर्घटनामा घाइते हुनेमा जिप चालक धनबहादुर धामी, २८ वर्षीय कमलेश टमटा, १९ वर्षीय सुरे ठगुन्ना र २८ वर्षीय धनवीर टमटा रहेका छन् ।
घाइतेहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये जिप चालक धामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।