बैतडी: बैतडीमा दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ। मृतकहरूको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।
जीपमा सवार १३ जना मध्ये ४ जनाको मृत्यु भएको र ९ जना घाइते भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।
प्रजिअ पन्थीका अनुसार दुई जना गम्भीर घाइतेलाई हेलिकोप्टर मार्फत कोहलपुर रेफर गरिएको छ भने अन्य घाइतेलाई पनि कोहलपुर रेफर गर्ने तयारी भइरहेको छ।
दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–४ निङ्लाडी खोला भन्ने स्थानमा सोमबार बिहान से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो।
मतपेटिका सदरमुकाम पुर्याएर फर्कदै गरेको प्रहरी सवार जिप दुर्घटनामा परेको हो। दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।