Radio Unity 92.2MHz

डडेल्धुरा प्रदेशसभा–१ मा एमालेलाई अग्रता

डडेल्धुराः डडेल्धुरा प्रदेशसभा–१ मा एमालेले सुरुवाती अग्रता लिएको छ। ७०६ मत गन्दा नेकपा एमालेका पठानसिंह बोहराले ३४२ मत पाएका छन्।  उनका निकटतम् प्रतिद्वन्दी नेकपा (माओवादी केन्द्र) का खगराज भट्टले २७४ मत ल्याएका छन्।

राप्रपाका पदमराज जोशीले ३०, स्वतन्त्र उम्मेदवार महेशसिंह धामीले २४ र धनबहादुर बोहराले ६ मत पाएका छन्। ३० मत बदर भएका छन्। आलिताल गाउँपालिकाको मत गणना भइरहेको छ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।