डडेल्धुराः फिफा विश्वकप अब अन्तिम चरणमा पुगेको छ, जहाँ शीर्ष चार टोलीले बुधबार र बिहीबार हुने खेलमा उपाधि जित्न कडा प्रयास गर्नेछन्।
लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना, पछिल्लो उपविजेता क्रोएसिया, यसपटक इतिहास रच्ने टोली मोरक्को र डिफेन्डिङ च्याम्पियन फ्रान्स अन्तिम चारमा परेका छन्।
फिफा विश्वकप २०२२ को सुरुमा फ्यानहरूले अन्तिम चरणसम्म क्रिस्टियानो रोनाल्डो, नेयमार, ह्यारी केन र रोबर्ट लेवान्डोस्कीजस्ता खेलाडीको जादू हेर्ने आशा गरेका थिए। तर, त्यसो भएन्। सेमिफाइनलमा अब दुई जना मात्रै स्टार खेलाडी मेस्सी र एमबाप्पे देखिने छन्।
जसमा एम्बाप्पे गोल्डेन बुटको दौडमा अग्रस्थानमा छन्। अब यी दुई स्टार खेलाडीमध्ये कसले आफ्नो टिमलाई उपाधि जित दिलाउन सक्छन् भन्ने चासोको विषय बनेको छ। सेमिफाइनलका खेलमा स्टार खेलाडीको अनुभव र युवाहरूको जोशको संयोजन देखिनेछ।
अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई हराएको थियो भने क्रोएसियाले ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो। दुवै टोली अन्तिम चारमा जित निकालेर फाइनल पुग्न चाहन्छन्।
पहिलो सेमिफाइनलमा क्रोएसियाका अनुभवी मिडफिल्डर र अर्जेन्टिनाका खतरनाक स्ट्राइकरबीच रोमाञ्चक खेल हुनेछ। मोरक्कोको टोली आफ्ना डिफेन्डरको सहयोगमा सेमिफाइनलमा पुगेको हो। फ्रान्सविरुद्धको रणनीति हेर्नु रोचक हुनेछ।
फ्रान्सका स्ट्राइकरले आफ्नो टोली अहिलेसम्म निराश पारेको छैन्। उसले मोरक्कोको डिफेन्समा प्रवेश गर्ने रणनीति प्रयोग गर्नेछ।
पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्दै छन्। १४ डिसेम्बरमा यी दुई टोली लुसेल स्टेडियममा राती १२ः४५ मा आम्नेसाम्ने हुने छन्। दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को १५ डिसेम्बरमा लुसेल स्टेडियम राती १२ः४५ मा भिड्ने छन्।