Radio Unity 92.2MHz

जापानद्वारा निर्माण गरिएको विद्यालय भवन हस्तान्तरण

डडेल्धुराः डडेल्धुरामा जापान सरकारको सहयोगमा निर्माण गरिएको विद्यालय भवन हस्तान्तरण गरेको छ।

शुक्रबार एक कार्यक्रमकाबीच जापान दुतावासले महेन्द्र माध्यमिक विद्यालय अमरगढी नगरपालिका–५ खलंगालाई विद्यालय भवन हस्तान्तरण गरेको हो।

जापान सरकारको सहयोगमा दुई तले आठ कोठाको भवन निर्माण गरिएको विद्यालयका प्रअ सुरेन्द्रसिंह ऐरले बताए। उनले विद्यालय भवन निर्माणमा सहयोग गरेकोमा जापान सरकारलाई धन्यवाद व्यक्त गरे।

१९५७ मा स्थापना भएको विद्यालय महेन्द्र माविले अहिले समान्य र प्राविधिक धारको पढाइमा जोड दिएको छ। उक्त भवनमा करिब चार सय विद्यार्थी अटाउन सक्ने क्षमता रहेको छ।

कक्षा कोठा अभाव, विद्यार्थीको हो–हल्ला र वातावरणलाई मध्येनजर गर्दै जापान सरकारले विद्यालय भवन निर्माण गरेको थियो।

नव निर्मित भवनले गुणस्तरीय शिक्षामा योगदान पु¥याउने जापान सरकारले विश्वास व्यक्त गरेको छ।

भवन निर्माणको लागत ९२ लाख रहेको छ।

भवनको शुक्रबार नै जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले उद्घाटन गरेका थिए।

सम्बन्धित पाेष्टहरु
Loading...