बैतडीका छुट्टाछुट्टै स्थानमा दुईजनाको मृत्यु
बैतडी: जिल्लाका छुट्टाछुट्टै स्थानमा दुई जनाको मृत्यु भएको छ। नेपाल भारत सीमास्थित झुलाघाट बसपार्कमा दशरथचन्द नगरपालिका ४ जर्गका ३३ वर्षीय भरत चन्द अचेत अवस्थामा भेटिएकामा उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको छ।
बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरिक्षक योगेश खत्रीका अनुसार चन्द भारतमा रोजगारीपछि घर फर्किरहेका थिए। चन्दको मृत्युको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, चारदिनदेखि बेपत्ता रहेकी सिगास गाउँपालिका ६ थलाकाँडाका लोकेन्द्र धामीकी २० वर्षीया श्रीमती राधिका धामी थलाकाँडाको उबखोला भन्ने ठाउँमा मृत फेला परेकी छन्।
राधिका माघ २ गते दिउँसो घाँस काट्न जान्छु भनेर घरबाट निस्केकी बताइएको छ। घाँस काट्न निस्केकी उनी घर नआएपछिे खोजी कार्य गर्दै जादा मृत भेट्टिएकी हुन्।