डडेल्धुराः सवारी दुर्घटनामा परि घाइते भएका गन्यापधुरा गाउँपालिका–३ सकायल डडेल्धुराका हर्केश बिष्टलाई डडेल्धुरा जेसीजले सहयोग गरेको छ ।
२०७९ असोज ७ गते कैलालीको अत्तरीया स्थित सवारी दुर्घटनामा परि घाईते भएका नेपाल प्रहरी प्रदेश कार्यालय कैलालीमा कार्यरत प्रहरी सहायक हवल्दार बिष्टको टाउकोमा समस्या भएको छ।
बिष्टको उपचारका लागी सहयोग पुगाउन डडेल्धुरा जेसीजले २० हजार ५५ रुपिया सहयोग उपलब्ध गराएको डडेलधुरा जेसीज वर्ष २०२३ का अध्यक्ष भोजराज अवस्थीले बताए । घाइते बिष्टको दुबै ब्रेन गएको उनका श्रीमती निरुता बिष्टले बताइन्।
उनकाअनुसार, दुर्घटना पश्चात १८ दिन निसर्ग हस्पिटल धनगढीमा उपचार भएको थियो। थप उपचारका लागी काठमाण्डौ स्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचार गरेको बिष्टले बताइन्।
प्रहरी अस्पतालमा उपचार सम्भव नभएपछि हाल अन्नपुर्ण न्युरो अस्पताल काठमाण्डौमा उपचार भईरहेको निरुताले बताइन्।
‘नेपाल प्रहरीबाट हालसम्म ३ लाख २ हजार मात्र सहयोग भएको छ। श्रीमानको उपचारका लागी १५ लाख बढी खर्च भईसकेको बताउदै निरुताले भनिन्, ‘नेपाल सरकाले उपचार गरिदिनु पर्नेमा चन्दा उठाएर श्रीमानको उपचार गरिरहदा पिडा महशुस गरिरहेकी छु।’
अन्नपुर्ण अस्पतालमा ल्याएपछि स्वास्थ्यमा सुधार हुदै गएको उनले बताइन्। नेपाल प्रहरी हस्पिटल काठमाण्डौका प्रमुख एआईजी आशा सिंहले उपचारमा वेमतलब गरेपछि अन्नपुर्ण न्युरोमा थप उपचार गरिरहेको गुनासो गर्दै उनले विभिन्न व्यक्ति र सस्थाबाट आर्थिक सहयोग मिलिरहेको समेत बताइन्।