डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिकामा प्रथम उपराष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।
आइतबारदेखि गाउँपालिकाको आयोजनामा पालिकास्तरीय रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ ले एक कार्यक्रमकाबीच उद्घाटन गरे।
उपराष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबहादुर सेटीले जानकारी दिए।
उनका अनुसार प्रतियोगितामा एक संस्थागत र १७ सामुदायिक गरी १८ वटा विद्यालयको सहभागिता रहेको छ। प्रतियोगितामा दौड, कराते, हाइजम्प, लम्जम्पलगायतका खेलहरू खेलाइदैछ। प्रतियोगिताका खेलहरू अजयमेरु–३ चन्बेताल खेल मैदानमा भइरहेका छन्। प्रतियोगिता सोमबार समापन हुनेछ।
अजयमेरु गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भने फागुन ४ गतेदेखि सुरु हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत सेटीले जानकारी दिए।
उनका अनुसार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मावि तहसम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउने छन्। राष्ट्रपति रनिङ शिल्डका खेलहरू पनि अजयमेरु–३ चन्बेताल खेल मैदानमै हुने उनले बताए। प्रतियोगिता फागुन ४ र ५ गते संचालन हुनेछ।